
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय समाचार समिति (रासस)को पुस्तकालय विस्तार अभियानलाई काठमाडौँस्थित भारतीय दूतावासले सहयोग गरेको छ । भारतको ७९औँ स्वतन्त्रता दिवसका अवसरमा आज दूतावासमा आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई पत्रकारितासँग सम्बन्धित पुस्तक प्रदान गर्नुभएको हो । दूतावासले रासससहित ३९ शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको घोषणा गरेको छ । त्यस अवसरमा अध्यक्ष झाले राजदूत श्रीवास्तवलाई भारतको ७९औँ स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिँदै पुस्तक सहयोगका लागि आभार व्यक्त गर्नुभएको थियो । यस पहलले रासस र पुस्तकालयमा अध्ययन गर्न आउने अन्य पत्रकार तथा पत्रकारिताका अध्यापक, विद्र्याीलगायत लाभान्वित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । राससले पछिल्लो समय आफ्नो पुस्तकालयलाई विस्तार गरी पत्रकारितासँग सम्बन्धित पुस्तक सङ्कलन अभियान अघि बढाएको छ ।
रासस