२०८२ फाल्गुन २३ , शनिवार

‘नर्दर्न टेरिटोरी स्ट्राइकर’विरुद्धको खेलमा नेपालले टस जित्यो

Can2025-08-15-02-05-36_1000x666_50

सुनाखरी न्युज/ काठमाडौं ।

अस्ट्रेलियाको डार्विनमा सञ्चालन भइरहेको टप एण्ड टी–२० सिरिजमा आफ्नो उद्घाट्न खेलमा नेपालले टस जितेको छ । टस हारेसँगै अस्ट्रेलियाको स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरले पहिला ब्याटिङको निम्तो पाएको छ । अस्ट्रेलियाको मरारा क्रिकेट ग्राउण्ड—२ मा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ रोजेका हुन् । नेपालको प्लेइङ ११ मा कप्तान रोहितसँगै विकेट किपर आसिफ शेख, लोकेस बम, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, रुपेश सिह, सोमपाल कामी, सन्दीप लामिछाने र शाहब आलम छन् । पहिलो पटक यस प्रतियोगितामा सहभागिता जनाएको नेपालले ट्वान्टी–२० विश्वकप छनोटको तयारीस्वरूप उक्त प्रतियोगिता खेल्न लागेको हो । प्रतियोगितामा विभिन्न ११ टोलीको सहभागिता रहेको छ ।
रासस