
सुनाखरी न्युज/ काठमाडौं ।
जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएकी झापाको दमक नगरपालिका–१ कि महिलाको मृत्यु भएको छ । यही साउन ११ गते दमक–१ को बरगाछीस्थित सडकमा बिहान ४:३० बजे ‘मर्निङ वाक’मा जाँदै गर्दा जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएकी ४६ वर्षीया सुनिता राईको उपचारका क्रममा आज बिहान विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो । बिहान करिब ४:१५ बजे सुनितासँगै उहाँकी बहिनी कविता राईलाई हात्तीले आक्रमण गरी घाइते बनाएको थियो । प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नवीन राईका अनुसार हात्तीको आक्रमणबाट घाइते दुवैलाई दमक अस्पतालमा उपचारपछि विराटनगर पठाइएको थियो । घाइते कविताको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
रासस