२०८२ फाल्गुन २२ , शुक्रवार

प्रभु महालक्ष्मी लाइफको मुनाफा बढ्यो

OIP

सुनाखरी न्युज/ काठमाडौं ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/ ८१ को दोस्रो त्रैमाशिक अवधिमा ३६ प्रतिशतले मुनाफा बढाएको छ । कम्पनीले पुस मसान्तसम्ममा १७ करोड ६४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

कम्पनीले मर्जर पछि जीवन बीमा शुल्क आर्जनमा दोब्बरले बृद्धि गरेको छ । कम्पनीले समिक्षा अवधिमा २ अर्ब ३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा एक अर्ब ३ करोड मात्रै थियो ।

प्रतिशेयर आम्दानी ८ रुपैयाँ रहेको छ । समिक्षा अवधिमा ७१ करोड ९९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । व्यवसायमा सुधार सँगै अभिकर्ताले पाउने कमिशन पनि बढेर २३ करोड ८ लाख खर्च भएको छ । कम्पनीको जीवन बीमा कोष ८ अर्ब ५१ करोड नाघेको छ ।