
सुनाखरी न्युज/ काठमाडौं ।
अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी–२० सिरिजको प्रतियोगिता आजबाट सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आज पाकिस्तान शाहिन्स र बंगलादेश ए भिड्दै छन् । नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरीको सामना गर्नेछ।
खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ। खेल नेपाली समयअनुसार दिउँसो २ : १५ बजे डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुनेछ । नेपाली राष्ट्रिय टोली रोहितकुमार पौडेलको कप्तानीमा मैदान उत्रिनेछ ।
विश्वकप छनोटको तयारी स्वरुप हुन लागेको सिरिजमा नेपालले ६ खेल खेल्नेछ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरि (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण के सी, रिजन ढकाल, लोकेस बम, साहब आलम रहेका छन् ।