२०८२ फाल्गुन २३ , शनिवार

धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिबाना

image_2025-08-14_201649501_xVCQNeluTd

 

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले सुन्धारास्थित ‘धरहरा टपरी मःम’का सञ्चालकलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि दुई लाख जरिबाना गराएको छ।

महानगरको नियमित अनुगमनका क्रममा उक्त व्यवसायले बिक्री- वितरणका लागि तयार गरेको मःम मा धातुको औँठी फेला परेको र खाद्य पदार्थको गुणस्तर मापदण्ड अनुरूप नरहेको पाइएपछि यस्तो कारबाही गरिएको हो। धरहरा टपरी मःमस्का सञ्चालकले पटकपटक महानगरपालिकाको निर्देशन उल्लङ्घन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको उनले बताए ।

बजार अनुगमनका क्रममा त्रुटि भेटिएपछि ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०, २९ र ३० ९१० ‘ख’ बमोजिम जरिवाना तोकिएको हो ,  प्रमुख न्यौपानेले भने ।  महानगरले उक्त व्यवसायका सञ्चालकलाई जरिवाना रकम सात दिनभित्र बैंकमार्फत जम्मा गरी सोको जानकारीसहित कामपाको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । साथै, आगामी दिनमा खाद्य स्वच्छता र मापदण्ड पूरा हुनेगरी उत्पादन र बिक्रीवितरण व्यवस्था मिलाउन पनि व्यवसायीलाई आग्रह गरेको छ ।