
सुनाखरी न्युज/ काठमाडौं ।
अर्घाखाँचीमा भैंसीलाई चरम यातना दिइ ओसारपसारमा संलग्न रहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । धारापानीबाट सन्धिखर्क आउँदै गरेको सिङ्गल क्यापको बोलेरो गाडीमा ४ वटा भैंसी निर्ममतापूर्वक यातना दिइ सानो ठाउँमा अटाई नअटाई राखेर बुटवलतर्फ लैजान लागेको अवस्थामा सन्धिखर्क नगरपालिका – २ घोचेखोलामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–६ का सरोज पौडेल र रोल्पाको लुङ्ग्री गाउँपालिका–२ घर भएका क्रिस बाँनिया रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिनुभयो।
पक्राउ परेकामाथि मुलुकी अपराध संहिता–२०७४ अनुसार पशुपक्षीसम्बन्धी कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।