२०८२ फाल्गुन २३ , शनिवार

जीडीको ’पहाडको छोरो’ गीत सार्वजनिक

photo-3-19

सुनाखरी न्युज/ काठमाडौं ।

सोसल मिडियामा कन्टेन्ट क्रियटर गणेश देवकोटा ( जीडी )  ले ’पहाडको छोरो’ गीत सार्वजनिक गरेका छन् । फैजी फिल्म प्रडक्सनले तयार पारेको ’पहाडको छोरो’ गणेश ( जीडी)  युट्युव च्यानमा १० लाख सस्क्राइभर पुगेको अवसरमा आयोजित एक समारोहबीच गीत सार्वजनिक गरिएको हो ।

 गीतपछि बोल्दै गणेश देवकोटा ( जीडी)  ले, आफ्नो युट्युव च्यानलमा दश लाख सस्क्राइभर पुगेको अवसर पारेर ’पहाडको छोरो’ गीत सार्वजनिक गरिएको बताएका छन् ।

यो गीतमा आफ्नो जीवनको कथा संघर्ष र सफलतालाई समावेश गरिएको उनले बताए । रारामा छायांकन गरिएको भिडियोले आफ्नो वास्तविक जीवनलाई प्रस्तुत गरेको उनले बताए । आफ्नै शब्दको गीतमार्फत दर्शकसँग जोडिएको उनले बताए ।