२०८२ फाल्गुन २६ , मंगलबार

चीनसँग व्यापार सम्बन्ध सुधार्दै भारत,ट्रम्पले आक्रामक नीति मुख्य कारण

India Chaina

सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतप्रति आक्रामक नीति लिएपछि भारत र चीनले व्यापार सम्बन्ध सुधार्न थालेका छन्।

 

गत वर्षको अन्त्यदेखि बल्ल दुई देशको सम्बन्ध सुध्रिन थालेको थियो। पछिल्लो समय ट्रम्पले भारतप्रति कडा नीति लिएपछि यसमा झन् तीव्रता आएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनमा सीधा हवाई उडान सुरू गर्न लागेको भनेर ब्लुमबर्गले लेखेको छ।

चीनबाट सुरू भएको कोभिड महामारीका कारण सन् २०२० को सुरूमा दुई देशबीचका उडान बन्द भएका थिए। सोही वर्षको जुन महिनामा गलवान उपत्यकामा भिडन्त भएपछि सम्बन्ध बिग्रेकाले कोभिड महामारी सकिएपछि पनि उडान भएका छैनन्।

अगस्टको अन्त्यमा हुने सांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिन मोदी चीन गएको बेलामा यसबारे घोषणा हुनसक्ने ब्लुमबर्गले जनाएको छ।

ट्रम्पको निशानामा परेको चीनले पनि पछिल्ला दिनमा भारतसँग सम्बन्ध विस्तारमा ध्यान दिन थालेको देखिन्छ।

ब्लुमबर्गका अनुसार भारतमा युरिया मल निर्यात गर्न चीनले लगाएको प्रतिबन्ध अगस्ट महिनादेखि खुकुलो बनाएको छ।