२०८२ फाल्गुन २४ , आइतवार

‘साइलेन्ट किलर’ बन्दै उच्च रक्तचाप

OIP

सुनाखरी न्युज/ काठमाडौं ।

मानव शरीरमा रगतको प्रवाह सामान्यतया सिस्टोलिक ब्लड प्रेसर १४० एमएमएचजी भन्दा धेरै र डायलोस्टिक ब्लड प्रेसर ९० एमएमएचजी भन्दा बढी भएमाउच्च रक्तचाप भएको मानिन्छ । विश्वव्यापी रूपमा यसले प्रत्येक आठ वयस्क जनसंख्यामा एक जनालाई असर गर्छ । सामान्यतया बढ्दो उमेर सँग सम्बन्धित उच्च रक्तचाप अहिले युवा पुस्तामा धेरै बढेको छ। सहिद गंगालाल हृदय केन्द्रका पूर्वनिर्देशक तथा मुटु रोग विशेषज्ञ डाक्टर चन्द्रमणि अधिकारी उच्च रक्तचापलाई समयमै नियन्त्रण नगरे मस्तिष्कघात भएर रक्तनली फुट्ने र बन्द हुने अवस्था आउन सक्ने भएकाले वेलैमा सचेत हुनुपर्ने सुझाउँछन् । नत्र पक्षघात हुन सक्ने उनले चेतावनी दिए । मुटु रोग विशेषज्ञ डा.  रिजु मानन्धर पनि रक्तचापले मुटुको धमनीलाई कडा बनाउँदै लैजाने र हृदयघातको सम्भावना बढ्ने सुनाउँछन् । त्यस्तै मिर्गौलाको कार्यक्षमतामा ह्रास ल्याई कालान्तरमा मिर्गौला फेलसमेत गराउन सक्ने, आँखाको पर्दामा रहेको रक्तनलीमा असर गरी दृष्टिसमेत गुम्ने उनले बताए । त्यस्तै उनका अनुसार नेपालमा उच्चरक्तचापको विरामीको संख्या दिनानु(दिन बढ्दै गइरहेको छन् । उनले लैङ्गीक रुपमा महिला भन्दा पुरुषमा बढि उच्च रक्तचापको समस्या देखिएको जानकारी दिए ।

‘अलि बढी उमेरहरुमा पनि निकोटिनको प्रयोग बढेर गयो । त्यसले गर्दा चाँडै प्रेसर बढ्ने गर्दा मुटुमा समस्याहरु देखिने गरेका छन् । नेपालमा उच्च रक्तचापको विरामी दिनानु- दिन बढ्दै गइरहेका छन् । विश्व भरि नै विरामीको जनसंङ्ख्या थपिदै गइरहेको छ । पूरानै विरामी पनि छन् ।युवा पुस्तामा उच्च रक्तचापको समस्या थपिएको हुनाले विश्व भरी नै बढिरहेको छ । त्यस बाट नेपाल अछुत बस्न सक्दैन्,’उनले भने,‘नेपालमा पनि प्रत्येक दिन उच्च रक्तचाप बढिरहेका छन् । मेडिकलको रुपमा उमेर बढ्दै गए पछि भन्दा पुरुषमा भन्दा महिलामा बढि देखिन्छ । तर लैङ्गीक रुपमा महिला भन्दा पुरुषमा बढि देखिन्छ । कसैको बंशानुगत पनि हुन्छ । अलि बढि उमेरहरुकोमा पनि निकोटिनको प्रयोग बढेर गयो । त्यसले गर्दा चाँडै प्रेसर बढ्ने मुटुमा आउने समस्याहरु पनि त्यहाँबाट आउने भएको हो ।’ ३८ प्रतिशत लाई प्रेसरको रोग देखिएको छ । त्यसमा २३ प्रतिशत जति चाँही पुरुषमा र १७प्रतिशत महिलामा देखिएको छ । पुरुष या महिला जसलाई प्रेसर देखिएको भएता पनि त्यसमा जम्मा पाँच प्रतिशत मात्र रोकथाम देखिएको विगतको सर्वेले देखाएको छ ।

सबैभन्दा बढि ४० देखि ६० सम्मको उमेर समूहका मानिसमा उच्च रक्तचापको समस्या देखिने गरेको उनी बताउँछन् ।तर स्वास्थ्यको दृष्किोणले हेर्ने हो भने युवामा समस्या बढ्नु चिन्ताको विषय रहेको उनले सुनाए । उनले भने,‘अझै पनि ४० भन्दा माथिको उमेर समूहमा नै बढि समस्या देखिएको छ ।तर यसलाई फरक स्वास्थ्यको दृष्टिकोणले हेर्ने हो भने युवामा बढ्नु चिन्ताको विषय हो । तर बढि समस्या देखिने त ४० देखि ६० सम्मको उमेरमा नै हो ।’ मुख्य त उच्च रक्क्तचापले शरीरको मुख्य अंगहरु लाई असर गर्ने गर्दछ जसको कारण उच्च रक्क्तचापले ज्यानै जाने जोखिम बढि हुने गर्दछ । मुटु,मस्तिष्क,आँखा ,मृगौला र नसा जस्तो रगत सञ्चालन हुने अंगमा प्रेसरले टार्गेट गर्ने कारण मृत्युको जोखिम रहेको डा. मिश्र बताउँछन् । यसमा थप्दै उनले भने,‘प्रेसरले शरीरका मुख्य अंगहरुलाई असर गर्छ ।मुटु,मस्तिष्क,आँखा ,मृगौला र नसाहरुलाई असर गर्ने नै भयो । रगत सञ्चालन जहाँ–जहाँ हुन्छ त्यहाँ यसले टार्गेट गर्छ । प्यारालाइसिस भयो भने ज्यानलाई खतरनाक हुन्छ । कसैले ह्द्यघात भयो भने मुटुको चाल बिर्गेर प्राणघातक बन्ने नै भयो । लामो समय देखि प्रेसर छ भने मृगौलामा असर गर्छ । यस्ता कुराले गर्दा प्रेसरले ज्यान नै जाने जाखिमको साथै परिवार, समुदाय र सिंगो देशलाई नै आर्थिक भार पार्ने काम गर्छ ।’

साथै उच्च रक्क्तचाप लाई ‘साइलेन्ट किलर’ पनिभन्ने गरेको पाइन्छ । उच्च रक्क्तचाप लाइ किन ‘साइलेन्ट किलर’ भनिन्छ भन्ने प्रश्नको जवाफ दिँदै उनले भने,‘यदी कोही मानिसमा लक्षण छैन् । काम गरेर दिन भरी घर गएको छ ।प्रेसर हाई छ, तर लक्षणहरु केही देखिएको छैन् । यस्तो अवस्थामा अचानक ह्दयघात भयो भने साइलेन्टली त्यसले किल गर्यो नि । अचानक ठूलो पक्षघात भएर फर्किनै नसक्ने अवस्थामा आयो भने यसरी हिजो सम्म साइलेन्ट थियो नि केही थाहा थिएन । सुतेर बिहान उठ्दा मान्छे छैन् वा हिजो सम्म केही थिएन् तर आज मान्छे छैन् भने त्यो साइलेन्ट किलर भनिन्छ ।’उनले भने,‘लक्षण हुँदामात्र होइन् । नहुँदा पनि रेगुलर आफ्नो स्वास्थ्य जाँच गराउनुपर्छ । प्रेसर जाँच गर्नुपर्छ । लक्षणमा चाँही टाउको दुख्ने, आँखा अगाडि धमिलो देखिने, छाती भारी हुने, धड्कन बढ्ने र सास फेर्न अप्ठ्यारो हुने जस्ता सामान्य लक्षण हुन्छ । तर यी लक्षण भने अरु रोगमा पनि देखिन्छन् । यसबाट जोगिन नियमित रुपमा आफ्नो ब्लड प्रेसरको निगरानी बढाउने गर्नुपर्छ । आफ्नो तौल कति छ, कोल्डस्टोर कति छ सुगर कति छ भन्ने चाँही थाहा पाउनुपर्यो र आफ्नो सहरीया जीवनशैली त्याग्नुपर्छ । अध्यात्मिक चिन्तनमा फर्कनुपर्छ । ’

यसैगरी मुटु विशेषज्ञ डा।मिश्रले नेपाली समाजमा मुटु रोगसम्बन्धी जोखिम घटाउनको लागि जीवनशैलीमा आमूल सुधार गर्नुपर्ने औंल्याए । उनले पूर्वदर्शन र आध्यात्मिक चिन्तनमा फर्कनु आवश्यक रहेको उल्लेख गर्दै शुद्ध, सात्विक तथा शाकाहारी भोजनले नै शरीर र मनलाई स्वस्थ राख्न सक्ने विचार व्यक्त गरे । डा. मिश्रले हाल देखिएको उच्च तनाव, अस्वस्थ खानपान र अव्यवस्थित जीवनशैलीले मानिसमा मुटु रोगको जोखिम बढाइरहेको भन्दै यस्ता कारणहरूबाट बच्नुपर्नेमा जोड दिए । ‘तनाव र चिन्ताले शरीर र मनमा नकारात्मक असर पार्दछ,उनले भने, ‘हामीले खानपानको शुद्धिकरण गर्नुपर्छ । सकेसम्म बाहिरको खाना नखाने बानी बसाल्नुपर्छ । पूर्वीय दर्शन अनुसार आध्यात्मिक चिन्तनमा र्फकनुपर्छ । आध्यात्मिक शुद्द शाहाकारी खाना खाऔँ । धेरै स्टे«स लिएर धेरै तनाब लिएर बस्नु उचित छैन । यसले आफूलाई पनि समाजलाइर्् पनि परिवारलाई पनि खानेकुरामा शुद्धिकरण गरौँ । बाहिरको खानेकुरा सकेसम्म खाने बानि हटाऔँ ।’