२०८२ फाल्गुन २३ , शनिवार

बहुविवाहलाई मान्यता प्रदान गरिने छैन: ओली

kp-oli_9mY9rTtMKI

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई कुनै पनि हालतमा मान्यता प्रदान नगरिने बताउनुभएको छ ।बुधबारको प्रतिनिधिसभा बैठकमा उनले बहुविवाहलाई मान्यता दिनेगरी कानुन ल्याउन लागिएको हल्ला चलाइएको बताए ।यसबारे सरकारलाई नै जानकारी नरहेको भन्दै यो कुनैपनि हालतमा अस्वीकार्य हुने बताए ।

“हल्लाहरू चल्ने गरेका छन्, जसको आधार छैन । एउटा विषय बहुतै सेन्सेटिभ भएर उठेको देखिन्छ । बहुविवाहलाई मान्यता दिनेगरी कानून ल्याउने भयो सरकारले भनेर । सामाजिक जागरण, सामाजिक न्याय, महिलाका अधिकार लढेर आएका पार्टीहरुको सरकारले बहुविवाहलाई मान्यता दिनेगरी कानून ल्याउँछ भन्ने रु कसरी भयो । हल्ला कसले चलायो ।

सरकारले थाहा पाएको छैन, मैले थाहा पाएको छैन,” उनले भने।उनले सामाजिक जागरण, सामाजिक न्याय, महिला हकअधिकारका लागि लडेर आएका पार्टीको सरकारले बहुविवाहलाई कानुनी मान्यता दिने हल्ला कसले चलायो भन्दै प्रश्न गरे । उनले अरु पनि यस्ता हल्ला चलाइएको भन्दै आफु त्यसको पछि नलाग्ने स्पष्ट गरेका थिए ।