२०८२ फाल्गुन २७ , बुधवार

रामहरिले सभामुखलाई बुझाए राजीनामा

ramhari-rajinama-1

सुनाखरी न्युज/ काठमाडौं ।

प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका छन्। सांसद खतिवडाले लिखित राजीनामा पत्र सभामुख देवराज घिमिरेसमक्ष बुझाएका हुन्।मंगलबार संसदबाट राजीनामा दिने घोषणा गरेका खतिवडाले बुधबार सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

‘मिति २०८२ साल साउन २७ गते बसेको संघीय संसद, प्रतिनिधिसभाको बैठकमा मैले बोल्ने क्रममा प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरे बमोजिम आजैबाट लागु हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको बेहोरा अनुरोध गर्दछु’ खतिवडाले पत्रमा लेखेका छन् ।