२०८२ फाल्गुन २३ , शनिवार

एन्फा महिला लिग छनोट फुटबल आजदेखि, १४ टोलीको सहभागिता

Football-1

सुनाखरी न्युज/ काठमाडौं ।

आजदेखी एन्फा महिला लिग छनोट प्रतियोगिता सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ ( एन्फा)  को आयोजनामा बिहीबारदेखी एन्फा महिला लिग छनोट । प्रतियोगिता सुरु हुन लागेको हो । 

प्रतियोगिताको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । सहभागी १४ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्डबीच फुटबल तथा एफसी रियल छन् ।

त्यस्तै समूह ‘बी’ मा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन् । प्रतियोगिताको उद्घाटन खेलमा एफसी रियल र छहारी फुटबल क्लबबीच हुनेछ । उक्त खेल दिउँसो १ बजे हुनेछ ।