
सुनाखरी न्युज/ काठमाडौं ।
दक्षिण भारतीय चलचित्र ‘महावतार नरसिंह’को कमाईको गति रोकिने संकेत देखिएको छैन । यो सन् २०२५ को सबैभन्दा धेरै कमाउने फिल्म मध्ये एक बन्न सफल भएको छ। यो एनिमेटेड फिल्मले देशमा मात्रै नभई विदेशमा पनि दिनहुँ राम्रो व्यापार गरिरहेको छ। अब यो चलचित्रले कमाईको हिसाबले नयाँ रेकर्ड बनाएको छ । ‘महावतार नरसिंह’ धमाकेदार दुई सय क्लबमा प्रवेश गरिसकेको छ । यो सन् २०२५ को सबैभन्दा धेरै कमाउने फिल्म मध्ये एक बन्न सफल भएको छ।
फिल्मले शनिबारसम्म १६ दिनमा भारतमा हिन्दी संस्करणबाट १०० करोडको आँकडा पार गरेको हो। फिल्मको विश्वव्यापी कमाइ भने १७५ करोड ग्रस पुगिसकेको छ। एनिमेटेड पौराणिक फिल्म भएकोले, यसले पारिवारिक दर्शकहरूलाई आकर्षित गरिरहेको छ। महावतार नरसिंहा जुलाइ २५ देखि प्रदर्शनमा आएको थियो।
फिल्मको लागत बजेट मात्र १५ करोड भारू रहेको बताइएको छ। ‘महावतार नरसिम्हा’ ले घरेलु बक्स अफिसमा पनि राम्रो व्यापार गरिरहेको छ । रिलिजको तेस्रो हप्तामा पनि चलचित्र बक्स अफिसमा रोकिने संकेत देखिएको छैन । सकनिल्कका अनुसार तेस्रो सोमबार अर्थात १७ औं दिन फिल्मले ५।२५ करोडको व्यापार गरेको थियो । यसरी ‘महावतार नरसिम्हा’ले भारतमा अहिलेसम्म १७४।९० करोड रुपैयाँ कलेक्सन गरिसकेको छ ।
यो फिल्मको कथा भगवान विष्णुका अवतार नरसिंहमा आधारित छ । यो चलचित्र ४० करोडको लागतमा बनेको हो । अश्विन कुमारले निर्देशन गरेको ‘महावतार नरसिंहा’लाई क्लेम प्रोडक्सनको ब्यानरमा शिल्पा धवन, कुशल देसाई र चैतन्य देसाईले निर्माण गरेका हुन् भने यसलाई होम्बल फिल्म्सले प्रस्तुत गरेको हो । यो फिल्म हिन्दी र साउथ भाषामा थ्रीडी र टुडीमा रिलिज भएको छ । यस ब्रह्माण्ड अन्तर्गत भगवान विष्णुका १० अवतारमा फिल्म बनाउने घोषणा भइसकेको छ।