
सुनाखरी न्युज/ काठमाडौं ।
केहि दिन यता सामाजिक संजाल(Facebook, Instagram, Tik Tok लगायत) मा Nepse AI नामक Apps डाउनलोड गर्न लगाई AI ले शेयर बजारको बिश्लेषण गरी बढि भन्दा बढि नाफा कमाउन सक्ने जस्ता भ्रामक सूचना प्रवाह गरी त्यस्ता Apps डाउनलोड गर्न प्रेरित गर्ने र उक्त Apps Install गरे पश्चात रिमोट सेसन खोलि खातामा भएको सम्पुर्ण रकम क्षणभरमा अन्यत्र ट्रान्सफर भई पिडितको Digital Device मा रहेको सम्पूर्ण डाटा मेटाएर प्रमाण नष्ट गरिदिने जस्ता कार्य भईरहेको भन्ने सूचना तथा उजुरी प्राप्त भइरहेको हुँदा यस्ता प्रलोभनमा परी Nepse AI लगायतका कुनै पनि अपरिचित लिङक तथा Apps हरु Click, Download तथा Install नगर्न हुन सर्वसाधरणमा अनुरोध गरिएको छ ।
. घटना:-
जोन डोइ (सांकेतिक नाम)ले सामाजिक संजाल Facebook मा देखिएको विज्ञापनबाट शेयर बजारको बिश्लेषण गर्नको निम्ति Nepse AI नामक Apps डाउनलोड गर्छन र App Install गर्छन, App Install गरे पश्चात उक्त App मा रिमोट सेसन खुल्नसाथ निजको Mobile screen केहि समय Blank भई निजको बिभिन्न बैंक खातामा भएको (रु २८,६१,०००।-) रकम अन्यत्र खातामा Transfer भएको र निजको मोबाईलमा रहेको सम्पूर्ण डाटा तथा Apps हरु समेत मेटाएको भनि यस कार्यालयमा उजुरी प्राप्त र यस्ता कयौँ ठुला विगतका घटनाका उजुरीहरु समेत प्राप्त भईरहेको ।
साथै यस्ता क्रियाकलापहरुबाट बच्न निम्न कार्यहरु गर्न समेत सर्बसाधरणमा अनुरोध गरिन्छ ।
१) Two-factor Authentication code प्रयोग गर्ने (सम्भब भए सम्म SMS को प्रयोग गर्ने) ।
२) Password हरु बेला बेलामा परिवर्तन गर्ने ।
३) Nepse AI लगायत विज्ञापन Link बाट आएका अपरिचित Apps कहिले पनि Install नगर्ने ।
४) आफ्नो Digital Devices अपरिचित व्यक्तिहरु Any desk, Team viewer, जस्ता Remote access कसैलाई नदिने ।
५) आधिकारिक श्रोतबाट मात्र App हरु Install गर्ने (Google play store, IOS App Store)
नोट:-
यस्ता घटना घटेको थाहा पाउन साथ सम्बन्धित बैंक वितिय संस्था, नजिकको प्रहरी कार्यालय वा Cyber Bureau मा खबर गर्नुहुन अनुरोध गर्दछौँ ।