कास्कीको घटना प्रति महासंघको ध्यानाकर्षण, सत्य तथ्य बुझ्न आग्रह (विज्ञप्तिको पूर्ण पाठ सहित)
Posted on:
सुनाखरी न्युज/ काठमाडौं ।
कास्की जिल्लाको पोखरा महानगरपालिकाका विभिन्न स्थानमा २०८२ साउन २३ गते शुक्रबार सुनचाँदीका गरगहना निर्माणको पेशा गर्दै आएका ११ जना भारतको पश्चिम वंगालका नागरिकहरुलाई सुनचाँदी अवैध कारोवारमा संलग्न रहेको भनी कास्की प्रहरीले नियन्त्रणका लिएको भन्ने सूचना प्राप्त भएको प्रति नेपाल सुनचाँदी ब्यवसायी महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै सत्य तथ्इ वुझेर मात्र काम गर्न सम्वद्ध निकायसँग आग्रह समेत गरेको छ ।