२०८२ फाल्गुन २६ , मंगलबार

कैलाली कारागारबाहिर कैदीबन्दीका आफन्तको भीड

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

तनावग्रस्त रहेको कैलाली कारागार बाहिर कैदीबन्दीका आफन्तहरूको भीड लागेको छ । कारागारमा हिंसात्मक झडप भएपछि कैदीबन्दीका आफन्त उनीहरूलाई भेट्ने प्रयासमा भेला भएका हुन् ।एक जनाको मृत्यु र ४९ जना घाइते हुने गरी हिंसात्मक घटना भएको ३६ घण्टा बित्दासमेत स्थानीय प्रशासनले स्थिति साम्य गर्न सकेको छैन ।कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएकाले प्रहरी समेत भित्र जान पाएका छैनन् । कारागार भित्रको अवस्थाबारे तथ्यगत विवरण सार्वजनिक हुन सकेको छैन । विभिन्न कसुरमा सजाय काटिरहेका कैदीबन्दीका आफन्त समेत कारागार भित्र झडप भएको खबरले चिन्तित देखिएका छन् । १५० जना क्षमताको कैलाली कारागारमा करीब सात सय जनालाई राखिएको छ । क्षमताभन्दा धेरै कैदीबन्दी एकै ठाउँ राख्दा कैलाली कारागारमा पटकपटक तनाव हुँदै आएको छ