२०८२ फाल्गुन २५ , सोमवार

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

Vegitables
सुनाखरी न्युज/ काठमाडौं ।
 कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन् ।
गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो रु ७०, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु २८, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो रु ४३, आलु रातो प्रतिकिलो रु ५०, आलु रातो ९भारतीय० प्रतिकिलो रु ३८, आलु रातो ९मुडे० प्रतिकिलो रु ४५, आलु सेतो प्रतिकिलो रु ४०, प्याज सुकेको ९भारतीय० प्रतिकिलो रु ३९, गाजर ९लोकल० प्रतिकिलो रु १००, गाजर ९तराई० प्रतिकिलो रु ९०, बन्दा ९लोकल० प्रतिकिलो रु २५, काउली स्थानीय प्रतिकिलो रु १००, काउली स्थानीय ९ज्यापु० प्रतिकिलो रु ११०, काउली तराई प्रतिकिलो रु ८०, रातो मूला प्रतिकेजी रु ५०, सेतो मूला लोकल प्रतिकेजी रु २५, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु ४०, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु १०० र मकै बोडी प्रतिकिलो रु ७० कायम भएको छ ।
यसैगरी, घिउ सिमी ९लोकल० प्रतिकिलो रु १००, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो रु १००, घिउ सिमी ९राज्मा० प्रतिकिलो रु १४०, टाटे सिमी प्रतिकिलो रु ७०, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ६५, परबर ९लोकल० प्रतिकिलो रु ८०, परबर ९तराई० प्रतिकिलो रु ८०, चिचिण्डो प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो ९लाम्चो० प्रतिकिलो रु ५०, हरियो फर्सी ९डल्लो० प्रतिकिलो रु ५०, सलगम प्रतिकिलो रु ९० र भिण्डी प्रतिकिलो रु ६५ कायम गरिएको छ ।
त्यसैगरी, पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु ५५, रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो रु ५०, तोरीको साग प्रतिकिलो रु ६०, हरियो प्याज प्रतिकिलो रु ९०, च्याउ ९कन्य० प्रतिकिलो रु २००, च्याउ ९डल्ले० प्रतिकिलो रु ५००, कुरिलो प्रतिकिलो रु ३५०, निगुरो प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो रु २५०, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु २००, रातो बन्दा प्रतिकिलो रु २६०, जिरीको साग प्रतिकिलो रु ९०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु १३००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु २१०, गान्टेमुला प्रतिकिलो रु ९०, इमली प्रतिकिलो रु २००, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकेकोे छ ।
समितिले स्याउ ९झोले० प्रतिकिलो रु २५०, स्याउ ९फुजी० प्रतिकिलो रु ३३०, केरा ९दर्जन० रु १४०, कागती प्रतिकिलो रु १३०, अनार प्रतिकिलो रु ४००, आँप ९माल्दह० प्रतिकिलो रु २००, आँप ९दशहरी० प्रतिकिलो रु २००, आँप ९चोसा० प्रतिकिलो रु १८०, सुन्तला ९नेपाली० प्रतिकिलो रु ३५०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २४०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो ९लोकल० प्रतिकिलो रु ६०, काँक्रो ९हाइब्रिड० प्रतिकिलो रु २५, रुखकटहर प्रतिकिलो रु ५०, नास्पाती ९लोकल० प्रतिकिलो रु ९०, नास्पाती ९चाइनिज० प्रतिकिलो रु २५०, मेवा ९नेपाल० प्रतिकिलो रु ९०, मेवा ९भारतीय० प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु २५०, र लप्सी प्रतिकिलो रु ६० निर्धारण गरिएको छ ।
यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ३५०, खुर्सानी हरियो प्रतिकिलो रु ६०, खुर्सानी हरियो ९बुलेट० प्रतिकिलो रु ६०, खुर्सानी हरियो माछे प्रतिकिलो रु ७०, खुर्सानी अकबरे प्रतिकिलो रु २५०, भेडे खुर्सानी प्रतिकिलो रु ८०, लसुन हरियो प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु ४००, लसुन सुकेको ९चाइनिज० प्रतिकिलो रु २००, लसुन सुकेको ९नेपाली० प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु १८०, छ्यापी हरियो प्रतिकिलो रु १३०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा ९रहु० प्रतिकिलो रु ३३०, ताजा माछा ९बचुवा० प्रतिकिलो रु ३००, ताजा माछा ९छडी० प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० निर्धारण गरिएको छ ।
रासस