
सुनाखरी न्युज/ काठमाडौं ।
प्रतिनिधिसभा, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्याङ्कन समितिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति उपलब्ध गराउन निर्देशन दिएको छ । समितिले कार्यप्रगतिको विवरण उपलब्ध गराउन पत्राचार गर्ने समेत निर्णय गरेको छ । समितिको आज बसेको बैठकपछि सभापति ठाकुरप्रसाद गैरेले समितिले यही साउन १२ गते क्रिकेट मैदान अवलोकन गरेपछिको प्रगति उपलब्ध गराउन निर्देशन दिनुभएको हो । अहिले मैदान स्तरोन्नति, प्यारापिट, फ्लडलाइट जडानलगायत काम भइरहहेको सभापति गैरेले बताउनुभयो । समितिले यही गत साउन १२ गते क्रिकेट मैदानको अवलोकन गरेको थियो । त्यसपछिको समयमा भएको कार्यप्रगतिबारे समितिलाई जानकारी गराउन उहाँले निर्देशन दिनुभयो ।
रासस