२०८२ फाल्गुन २८ , बिहिवार

राष्ट्रियसभामा समितिको प्रतिवेदन पेस

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रियसभाको आजको बैठकमा जलस्रोत विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस भएको छ । विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले सो प्रतिवेदन सभामा पेस गर्नुभएको हो । जलस्रोतको संरक्षण र बहुआयामिक प्रयोगका सम्बन्धमा सो विधेयकमा व्यवस्था गरिएको छ । यस्तै, बैठकमा कार्यवाहक प्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले ‘महालेखा परीक्षकको ६२औंँ वार्षिक प्रतिवेदन’सभा समक्ष पेस गर्नुभयो । त्यस्तै, सभाध्यक्षसमेत रहनुभएका राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुभयो, भने विषयगत समितिमा रहने सदस्यको नाम हेरफेर तथा मनोनयन गर्नुभयो ।
रासस