
सुनाखरी न्युज/ काठमाडौं ।
चर्चित टिकटकर आयुषसिंह ठकुरीकी आमा नानुसिंहले आफ्नै छोराबुहारीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन् । अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले मुद्दा दायर भएको जानकारी अनलाइनखबरलाई दिए । असार ३० गते आयुष र एलिजेले जिल्ला अदालतमा कानूनी विवाह गरेका थिए ।उनीहरूले विवाह गर्नुको केही समयअघि गाली बेइज्जतीको मुद्दा अदालतमा दर्ता भएको सूचना अधिकारी श्रेष्ठले जनाए । ‘विवाहको केही समयअघि मुद्दा दायर भएको छ’ उनले भने । मुद्दामा नानुसिंहले छोरा आयुष र एलिजेलाई प्रतिवादी बनाएकी छन् । उनीहरूको कन्ट्रोभर्सीले त्यतिबेला सामाजिक संजालमा चर्चा पाएको थियो ।उनीहरूको पुरानै विवाद अदालतमा पुगेको हो ।