२०८२ फाल्गुन २३ , शनिवार

बलिउड अभिनेता दीपराजले नेपाली फिल्म ‘सुख दुःख’ खेल्ने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बलिउड अभिनेता दीपराज राणाले नेपाली फिल्म ‘सुख दुःख’मा अभिनय गर्ने भएका छन् । निर्मात्री नीता ढुङ्गानासँग उनले लिखित सम्झौता गरेका छन् । सिंघम रिटन्र्स, प्रेम रतन धन पायो, दबङ ३ सहित हालै रिलिज भएको ‘मेट्रो इन दिनो’मा उनको अभिनय छ । बिल्ली उस्ताद, सितारे जमीन परजस्ता फिल्ममा पनि अभिनय गरेका छन् ।उनले यसअघि श्रीकृष्ण श्रेष्ठ स्टारर फिल्म ‘कोहिनुर’मा पनि अभिनय गरेका थिए । ‘कोहिनुर’ रिलिजको ११ वर्षपछि राणाले नेपाली फिल्ममा पुनरागमन गर्न लागेका हुन् । कथा मन परेको कारण आफू ‘सुख दुःख’मा अभिनय गर्न इच्छुक भएको उनको भनाइ छ ।