२०८२ चैत्र ५ , बिहिवार

कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन अन्त्य गर्न कर्णाली प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । अधिवेशन अन्त्यका लागि मुख्यमन्त्री कार्यालयबाट प्राप्त सिफारिसअनुसार कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा, १८३ को उपधारा २ बमोजिम कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चालु छैटौँ अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य गर्नुभएको जानकारी सभामुख नन्दा गुरुङले दिनुभयो ।सभामुख गुरुङले चालु छैटौँ अधिवेशनमा ३४ बैठक बसी ६४ घण्टा ४२ मिनेट ४० सेकेन्ड समय सभामा व्यतित भएको बताउनुभयो । उहाँका अनुसार प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशनको आजको ३४औँ बैठकबाट कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ ।
रासस