२०८२ चैत्र ५ , बिहिवार

खेतमा पानी लगाउदा करेन्ट लागेर महिलाको मृत्यु

current

सुनाखरी न्युज/ काठमाडौं ।

झापाको गौरादह नगरपालिका – ४ स्थित जोरघरेमा गए राति मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।गौरादह नगरपालिका ४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार घरनजिकै रहेको मोटरबाट खेतमा पानी लगाउने क्रममा उनलाई करेन्ट लागेको थियो। घटनास्थलमै उनको मृत्यु भएको हो।