२०८२ फाल्गुन २३ , शनिवार

वादोरियो कराते टोली श्रीलङ्का जाने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

पाँचौँ खुला अन्तरराष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्यीय वादोरियो कराते टोली बुधबार श्रीलङ्का जाने भएको छ । अगस्त ७ र ८ तारिखमा हुने उक्त प्रतियोगितामा नेपालका तीन पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष ८० किलोमुनिको तौल समूहमा पासाङ ग्याल्जेङ थोक्रा, ५२ किलोमुनिको तौल समूहमा निशान घले र ४० किलोमुनिको तौल समूहमा आरोन शेरचनले प्रतिस्पर्धा गर्नेछन् । यस्तै महिला ६१ किलोमुनिको तौल समूहमा उर्शला पहरी र ५० किलोमुनिको तौल समूहमा अर्पणा मगरले खेल्नेछन् । टोलीको प्रमुख प्रशिक्षकमा नेपाल वादोरियो कराते डो सङ्घका अध्यक्ष हरिशरण केसी तथा अफिसियलमा राजकुमार कार्की रहेका छन् । टोलीलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता शक्ति बस्नेतलगायतले आज एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

रासस