
सुनाखरी न्युज/ काठमाडौं ।
बागमती प्रदेशले इन्द्रबहादुर बानियाँलाई नयाँ मुख्यमन्त्री पाएको छ।
मुख्यमन्त्री बानियाँले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास र एमालेको समर्थनमा ६४ सांसदको समर्थन जुटाएर सरकार गठनको दाबी पेश गरे।
बजेट विवाद, मन्त्रालय भागबण्डा, र भौतिक संरचनाको कमी लगायतका चुनौतीहरूका बाबजुद बानियाँले प्रदेशको नेतृत्व सम्हाल्नुपर्नेछ।
हेटौँडा ।
बागमती प्रदेशले इन्द्रबहादुर बानियाँका रूपमा नयाँ मुख्यमन्त्री पाएको छ । प्रदेश सभाको दोस्रो कार्यकालमा बानियाँले तेस्रो मुख्यमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका हुन् । यसअघि शालिकराम जम्कट्टेल र बहादुर सिंह लामा प्रदेश सभाको यही कार्यकालमा मुख्यमन्त्री भएका थिए ।
प्रदेश सभाको पहिलो कार्यकालमा पनि बागमतीले तीन जना मुख्यमन्त्री पाएको थियो । सुरुवातमा डोरमणि पौडेल, त्यसपछि अष्टलक्ष्मी शाक्य र राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बने ।