
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजामा जीपीए ३.९६ सम्म मात्र ल्याएका छन् । ‘चार जपीए कसैको पनि आएको देखिएन । ३.९६ सम्म आएको छ,’ परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने । कक्षा १२ को नतिजामा कसैले पनि चार जीपीए नल्याएको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजामा जीपीए ३.९६ सम्म मात्र ल्याएका छन् । ‘चार जपीए कसैको पनि आएको देखिएन । ३.९६ सम्म आएको छ,’ परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष कक्षा १२ को नतिजामा सुधार देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजामा अघिल्लो वर्षभन्दा यो वर्ष ९ प्रतिशतले परीक्षामा सुधार देखिएको हो । जसमध्ये दुई लाख ४२ हजार ४६५ जना नियमिततर्फ र आंशिकतर्फ ४१ हजार ८४० जना गरी कूल दुई लाख ८४ हजार ३०५ विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ एक लाख ५३ हजार ८८२ जना विद्यार्थी ननग्रेडेड भएका छन् । बोर्डका अनुसार नियमिततर्फ ११ र आंशिकतर्फ ६ गरी १७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।