२०८२ फाल्गुन २८ , बिहिवार

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको वार्षिक समिक्षा तथा रणनीतिक योजना गोष्ठी सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले २ दिने वार्षिक समिक्षा तथा चालु आर्थिक वर्षको रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ। गोष्ठी यही श्रावण १६ र १७ गते काठमाडौँस्थित होटल रोयल भिल्ला शिवपुरीमा आयोजना गरिएको हो। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत, महाप्रवन्धक, विभिन्न विभागका प्रमुखहरू, तथा देशभरका शाखा प्रवन्धकहरूको सक्रिय सहभागिता रहेको थियो। गोष्ठीमा कम्पनीले आर्थिक वर्ष २०८१र८२ को प्रगति विवरण प्रस्तुत गर्दै, हासिल गरिएका उपलब्धिहरूको समिक्षा गरिएको थियो। साथै, चालु आर्थिक वर्ष २०८२र८३ का लागि तय गरिएका रणनीतिहरू र लक्ष्यहरू सम्बन्धमा विस्तृत छलफल गरिएको थियो। प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकाले कम्पनीको आ व २०८१र८२ को वार्षिक लक्ष्य पूरा गर्न महत्वपूर्ण योगदान दिनुहुने कर्मचारीहरुलाई धन्यवाद दिदै कम्पनीले बीमाशुल्कको लक्ष्य मात्र पुरा गरेको नभई कम्पनीको समग्र अवस्थामा राम्रो प्रगती गरेको र कम्पनीको लक्ष्य बमोजिम ग्राहक सन्तुष्टि अभिवृद्धि गर्ने कार्यमा समेत जोड दिनु भयो ।

साथै, नियमनकारी निकायको निर्देशनहरुको पूर्ण पालना गर्दै कर्मचारीहरूको भूमिकालाई अझ प्रभावकारी बनाउने उपायहरूमा समेत सुझावहरू संकलन गरिएको थियो । गोष्ठीमा शाखास्तरीय चुनौतीहरू, बीमा सचेतना अभिवृद्धि कार्यक्रम, नविनतम बीमालेखहरु, डिजिटल पहुँच विस्तार र जोखिम व्यवस्थापन लगायतका महत्वपूर्ण विषयहरूमा समेत गहन छलफल भएको थियो। कार्यक्रमको समापन सत्रमा सहभागीहरूले आ(आफ्नो अनुभूतिका आधारमा, सुझाव र आगामी कार्ययोजनालाई प्रभावकारी बनाउने रणनीति प्रस्तुत गरेका थिए। प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त निर्जीवन लघु बीमा कम्पनी हो, जसले मुख्यतस् न्यून आयस्तर भएका समुदाय, विपन्न वर्ग तथा ग्रामीण क्षेत्रका नागरिकहरूलाई बीमा सेवा प्रदान गर्दै आएको छ। कम्पनीले सस्तो बीमा शुल्क, सरल प्रक्रिया र ग्रामीण पहुँचमा आधारित सेवा वितरण प्रणालीमार्फत बीमा पहुँच अभिवृद्धि गर्दै आएको छ । २०७९ सालमा स्थापना भएको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले स्थापनाको छोटो अवधीमा पनि पूर्वमा पाँचथर देखि पश्चिम दार्चुला सम्म गरी ३३ वटा कार्यालयहरु स्थापना गर्दै ग्राहकहरूमाझ लघुबीमा मार्फत वित्तीय सुरक्षाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।