
सुनाखरी न्युज/ काठमाडौं ।
सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार मंगलबार प्रति तोल ासुनको मुल्य १ लाख ९८ हजार ५ सय रुपैयाँ प्रतितोला पुगेको छ।
यसअघि वैशाख ९ गतेको मूल्य रेकर्ड आज तोडिएको छ । वैशाख ९ गते १ लाख ९७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा यस दिन मूल्य प्रतितोला १ हजरा ९ सय रुपैयाँ बढेको हो ।
अघिल्लो दिन १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२५५ रुपैयाँमा कारोबार भएको चाँदी आज २२८० रुपैयाँ पुगेको छ ।