२०८२ फाल्गुन २३ , शनिवार

कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

National-Examination-Board_Exam_9991678016784

सुनाखरी न्युज/ काठमाडौं । 

राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा यस वर्ष नियमिततर्फ ६१।१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । कुल ५ लाख १० हजार ९ सय ८७ विद्यार्थीमध्ये २ लाख ८४ हजार ३ सय ५ विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका छन् । हिजो साँझ बसेको बोर्ड बैठकले सार्वजनिक गरेको नतिजामा गएको वर्षभन्दा यस वर्ष करिब ९ प्रतिशतले नतिजामा सुधार आएको हो । यस वर्ष ६१ दशमलव १७ प्रतिशत विद्यार्थी पास भएका छन् ।

गएको वर्ष ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी पास भएका थिए । यसवर्ष तीन लाख ९६ हजार ३४७ विद्यार्थी परीक्षामा सहभागी भएकामा २ लाख ४२ हजार ४ सय ६५ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम अधिकारीले नतिजा जारी भएको जानकारी दिँदै विद्यार्थीको मिहेनत र अभिभावक सिरियस भएका कारण नतिजा वृद्धि भएको बताएका छन्।

यस्तै उनका अनुसार आगामी भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षा हुने छ।‘यसलाई सकारात्मक रूपमा लिनुपर्छ । तर, अबको योजना के हो भन्ने प्रश्न उठ्छ । नेपाली र सामाजिक जस्ता विषयमा ‘नन–ग्रेड’ हुने विद्यार्थीको संख्या अझै बढी छ । तराईका जिल्लाहरूमा विद्यार्थी उत्तीर्ण हुने दर कम देखियो । ‘राज्यले पास प्रतिशत बढाउने मात्र नभई, समग्र शिक्षामा ध्यान दिनुपर्छ,’ उनले सुझाव दिए । यसैबीच अहिले राम्रो नतिजा आयो भन्दैमा शिक्षा मन्त्रालय र परीक्षा नियन्त्रण कार्यालय चुप लागेर बस्न नहुनेतर्फ उनले ध्यानाकर्षण गरे । ‘धेरै विद्यार्थी विदेश जान हतार गरिरहेका छन्, यस विषयमा राज्यको कुनै योजना देखिँदैन । राज्यले विद्यार्थी पास हुने कुराको ग्यारेन्टी गर्नुपर्छ ।