२०८२ फाल्गुन २३ , शनिवार

कक्षा १२ को नतिजा : समग्रमा सुधार, अंग्रेजी र नेपाली बिषयमा धेरै फेल

neb

सुनाखरी न्युज/ काठमाडौं ।

यस वर्ष कक्षा १२ को नतिजामा अघिल्लो वर्षको तुलनामा  सुधार देखिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजामा अघिल्लो वर्षभन्दा यो वर्ष ९ प्रतिशतले परीक्षामा सुधार देखिएको हो ।

 

नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । गत वर्ष ५२ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए ।

बोर्डका अनुसार नियमिततर्फ ३ लाख ९६ हजार ३४७ र आंशिकतर्फ १ लाख १४ हजार ६४० गरी ५ लाख १० हजार ९८७ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

 

जसमध्ये २ लाख ४२ हजार ४६५ जना नियमिततर्फ र आंशिकतर्फ ४१ हजार ८४० जना गरी कूल २८४ हजार ३०५ विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ १ लाख ५३ हजार ८८२ जना विद्यार्थी ननग्रेडेड भएका छन् ।

बोर्डका अनुसार नियमिततर्फ ११ र आंशिकतर्फ ६ गरी १७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।