२०८२ फाल्गुन २३ , शनिवार

सुनको मूल्य बढ्याे, कतिमा हुँदैछ कारोबार ?

gold

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा छापावाल सुनको मूल्य १०० रुपैयाँ बढेर तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ कायम भएको हो । यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँ थियो ।

यस्तै सोमबार चाँदीको पनि मूल्य बढेको छ । आइतबार तोलामा २ हजार २५० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा २ हजार २५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।