२०८२ फाल्गुन २६ , मंगलबार

तीन दिनदेखि महिला बेपत्ता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सिगास गाउँपालिका घर भएकी एक महिला तीन दिनदेखि बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा सिगास–४ सिराडीकी २७ वर्षीया भागरथी साउँद रहेकी छिन् । यही साउन १५ गते राति नगद र लत्ताकपडासहित घरबाट निस्किएकी उनी हालसम्म सम्पर्कमा नआएको भागरथीका भतिजा चन्द्रसिँह साउँदले जानकारी दिनुभयो । भागरथीका श्रीमान रोजगारीको सिलसिलामा हाल भारतमा रहेका छन् । भागरथी बेपत्ता भएको बारेमा उनको परिवारले स्थानीय प्रहरीलाई खबर गरेको छ । प्रहरीले उनको खोजी गरिरहेको छ ।

रासस