२०८२ फाल्गुन २६ , मंगलबार

नहरले बगाउँदा वृद्धको मृत्यु

duber-mirtu-death-1-1000×564

सुनाखरी न्युज/ काठमाडौं ।

रामपुर नगरपालिकामा रामपुर नहर फाँट सिँचाइ जल उपभोक्ता आयोजनाको नहरले बगाउँदा एक वृद्धको मृत्यु भएको छ । रामपुर–४, सुधार टोल क्यामुनाघारी बस्ने ७२ वर्षीय धनबहादुर थापाको आज नहरले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपालीले जानकारी दिनुभयो । घरबाट एक्लै निस्किनुभएका उहाँ रामपुर–५, बेझाँडस्थित नहरको दुई नम्बर शाखामा बग्दै गरेको अवस्थामा भेटिनुभएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस