२०८२ फाल्गुन २३ , शनिवार

सवारी लाइसेन्सको अवधि अब ५ वर्षबाट बढाएर १० वर्ष कायम

smart-license-driving-license-1024×543-1

सुनाखरी न्युज/ काठमाडौं ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि १० वर्ष पुगेको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ ।

 

अब सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको हो । ऐनको दफा ५४ को उपदफा ३ मा लाइसेन्स बहाल हुने अवधिबारे उल्लेख छ ।

 

संशोधित व्यवस्था अनुसार यस्तो अवधि अब १० वर्ष बहाल हुने भएको छ । लाइसेन्स नवीकरणबाट मान्य हुने अवधि समेत अब १० वर्ष पुर्‍याइएको छ ।

 

यसअघि नवीकरण हुँदा मान्य हुने अवधि ५ वर्ष थियो ।