
सुनाखरी न्युज/ काठमाडौं ।
सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेकोे प्रथम खुलामुखी योजना सिटिजन्स सदाबहार योजना संचालन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट संचालन अनुमति प्राप्त भई मिति २०८२ आषाढ १३ गते देखि मिति २०८२ आषाढ २७ गते सम्म इकाई सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत माग गरिए भन्दा अधिक मात्रामा दरखास्त प्राप्त भएको थियो । उक्त निष्काशनमा प्राप्त आवेदकहरुको विवरण अनुसार बाँडफाँड समितिको बैठकले तयार पारेको बाँडफाँड तालिका श्री नेपाल धितोपत्र बोर्डमा पेश गरिएकोमा धितोपत्र बोर्डबाट कुनै कैफियत तथा निर्देशन प्राप्त नभएकोले सोहि तालिकालाई अन्तिम रुप दिइ धितोपत्र बोर्डको धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम आज मिति २०८२ साल श्रावण १५ गते बिहिबारका विहान १०:३० बजे योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको कार्यालय डिल्लिबजार, काठमाण्डौंमा योजना व्यवस्थापकका प्रतिनिधिहरु, कोष प्रवद्र्धकका प्रतिनिधि, सिडिएस एण्ड क्लियरिङ्ग लि.का प्रतिनिधि तथा केही लगानीकर्ताहरुको उपस्थितिमा बाँडफाँड गर्ने कार्य सम्पन्न भएको छ ।
उक्त बाँडफाँडको नतिजा निष्काशन तथा बिक्री प्रबन्धक/योजना व्यस्थापकको वेभसाईट www.citizenscapital.com.npर सिडिएस एण्ड क्लियरिङ्ग लि.को वेभसाईट www.iporesult.cdsc.com.np मा उपलब्ध गराईएको व्यहोरा जानकारी गर्दछौं । यस खुलामुखी योजना सिटिजन्स सदाबहार योजना निष्काशन अवधि भित्र आवश्यक भन्दा बढी संख्यामा इकाईको माग प्राप्त भई नेपालकै पहिलो २५% ले oversubscribe भएको खुलामुखी (open-ended) म्युचुअल फण्ड बन्न सफल भएको छ । यसका लागि उल्लेख्य सहभागिता जनाउनु हुने सम्पूर्ण लगानीकर्ता, विभिन्न क्षेत्रबाट सहयोग तथा सद्धभाव प्रदान गरी इकाई निष्काशन कार्यलाई ऐतिहासिक रुपमा सफल बनाउनु हुने सम्पूर्ण शुभेच्छुक, आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, नियामक निकायहरु, संचारकर्मी लगायत सरोकारवाला सबै पक्षलाई निष्काशन तथा बिक्री प्रबन्धक/योजना व्यवस्थापकको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यहाँहरुको यस्तै सहयोग र सद्धभावको अपेक्षा सहित सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श (Financial Advisory), लगानी व्यवस्थापन (PMS) र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पुर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा CEO सबिर बादे श्रेष्ठ रहेका छन् । नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा श्री कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ । काठमाडौं बाहिरका लगानीकर्ताहरुले पूँजी बजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समुहबाट सेवा प्रदान गर्दै आएको छ ।