
ठमेलस्थित नगरकोट दोहोरी साँझमा बुधवार राति कुटपिट र झगडाको घटनामा संलग्न रहेको आरोपमा कुख्यात गुन्डा नाइके युवराज गुरुङ ‘सानुभाइ’ पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार राति भएको कुटपिटपछि गुरुङलाई नियन्त्रणमा लिइएको हो ।
गुरुङ ठमेल क्षेत्रमा लामो समयदेखि अपराधिक गतिविधिमा संलग्न रहँदै आएका छन् । सोही क्रममा नगरकोट दोहोरी साँझमा उनको समूहले ले विवाद चर्काएपछि स्थानीयको सूचनाका आधारमा प्रहरी पुगेको थियो । पटकपटक गुण्डागर्दीमा संलग्न रहदै आएका सानुभाइ भनिने युवराज गुरुङ विवादित पृष्ठभूमि भएका व्यक्ति हुन् ।
अत्यधिक मदिरा सेवनपछि दुई पक्षबीच विवाद हुँदा त्यहाँ प्रहरी पुगेको थियो । त्यसक्रममा अर्का पक्षका नुवाकोट सूर्यगढी नगरपालिका २ का ३० वर्षीय रवीन्द्र र पाँचथर फिदिम नगरपालिका १० का २६ वर्षीय तुम्बाफोलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउपछि उनीहरूले प्रहरीमाथि पनि दुव्र्यवहार गरेका थिए । सानुभाइ यसअघि ठमेलकै क्लबमा बाउन्सर र सञ्चालकमाथि गुण्डागर्दी गरेको घटनामा संलग्न भएको खुलेको छ।