
हालसम्म प्रमुख भट्टराईको माग सम्बोधन नभएकाले उनले अनशनलाई निरन्तता दिइरहेका छन्। स्वास्थ्यमा समस्या आएकाले चिकित्सकको सल्लाह अनुसार प्रमुख भट्टराई अस्पताल भर्ना भएका छन्। उनले अस्पतालमै अनशनलाई निरन्तरता दिइरहेका छन्। माइतीघर मण्डलामा आमरण अनशनमा रहेका प्रमुख भट्टराईलाई बुधबार साँझ नेपाल प्रहरीले त्यहाँबाट उठाउन खोजेको थियो। प्रहरी र प्रमुख भट्टराईको समर्थकहरुबिच भनाभनसमेत भएको थियो।
प्रमुख भट्टराईले बाँदर लगायत जङ्गली जनावारको नीतिगत व्यवस्थापन गर्नु पर्ने, बाँस र कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न विल्डिङ कोर्ड र नम्स तयार गरी कानुन निर्माण गर्नुपर्ने, जथाभावी प्रकृतिको दोहन गर्ने क्रसर उद्योग लगायतलाई कानुन बनाइ कारबाही गर्नुपर्ने, प्लास्टिकजन्य फोहोर उत्पादन गरी प्रदूषण गर्ने उद्योगीसँग स्थानीय तहले अतिरित्त १० प्रतिशत कर लिन पाउने कानुन बनाउनु पर्ने, काठमाडौँबाट खोटाङ जाने अलपत्र सडक र पुलहरु अलपत्र पार्ने ठेकेदारलाई कारबाही गरी काम सम्पन्न गराउनु पर्ने लगायतका माग प्रमुख भट्टराईले राखेका छन्।