२०८२ फाल्गुन २२ , शुक्रवार

नेपाल पुनर्बीमा कम्पनीले शत प्रतिशत हकप्रद सेयर जारी गर्ने

nepal-re–1024×538

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल पुनर्बीमा कम्पनीले शत प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले अर्थमन्त्रालयको स्वीकृति लिई कायम सेयरधनीलाई शत प्रतिशत हकप्रद सेयर जारी गरी पूँजी वृद्धि गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । साथै सो प्रस्ताव आगामी साधारणसभामा पेश गर्ने निर्णय कम्पनीले गरेको छ ।

 

आगामी माघ मसान्तसम्म पुनर्बीमा कम्पनीहरुले न्यूनतम चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुर्‍याउनेगरी प्रस्ताव गरेका छन् । त्यसैले नेपाल पुनर्बीमा कम्पनीले शत प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो । हाल कम्पनीको चुक्ता पूँजी १३ अर्ब ४२ करोड रुपैयाँ छ । त्यस्तै बजार मूल्य प्रतिकित्ता १६ सय रुपैयाँ हाराहारीमा छ ।