२०८२ फाल्गुन २३ , शनिवार

राष्ट्रियसभा बैठक : चलचित्र विधेयक स्वीकृत

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रियसभाको आजको बैठकले ‘चलचित्र विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतीले स्वीकृत गरेको छ । सो प्रस्तावलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठकमा प्रस्तुत गर्नुभएको थियो । यसअघि बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ का सम्बन्धमा सांसदहरुले छलफलमा उठाएका विषयहरु र सो सम्बन्धमा प्रधानमन्त्रीले जवाफका सिलसिलामा व्यक्त गर्नुभएको विचारसमेतका आधारमा उक्त प्रतिवेदनमा समावेश भएको सुझावहरुलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो ।राष्ट्रियसभाको अर्को बैठक यही साउन २३ गते शुक्रबार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ ।
रासस