२०८२ फाल्गुन २९ , शुक्रवार

आज कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयन हुँदै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेस बागमती प्रदेशमा बहादुरसिंह लामाले संसदीय दलका नेताको हैसियत गुमाएपछि संसदीय दलमा आज नयाँ नेता चयन हुने भएको छ । संसदीय दलका नेता चयन गर्न आज बिहान १०:०० देखि ११:०० बजेसम्म उम्मेदवारी दर्ता र अपराह्न २:०० देखि ३:०० बजेसम्म मतदान हुने कार्यतालिका रहेको निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
रासस