२०८२ फाल्गुन २३ , शनिवार

तोलामा १४०० रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Gold High

सुनाखरी न्युज/ काठमाडौं ।
सुनको मूल्य बुधबार नेपाली बजारमा  तोलामा १,४०० रुपैयाँले वृद्धि भयो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढेर प्रति तोला १ लाख ९४ हजार ४०० रुपैयाँ पुग्यो।
चाँदीको मूल्य पनि बढेर प्रति तोला २ हजार ३१० रुपैयाँ पुगेको छ।
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९३ हजार रुपैयाँ कायम भएको छापावाल सुन बुधबार बढेर तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ पुगेको हो ।

यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा २ हजार ३०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३१० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।