२०८२ फाल्गुन २३ , शनिवार

बैंकको कर्जा लगानीमा सुधार, घट्दै निक्षेप संकलन

NRB-Building

सुनाखरी न्युज/ काठमाडौं ।
बैंकको कर्जा लगानीमा सुधार देखिएको छ । साउन ४ र ५ गतेको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनमा गिरावट आएको छ भने कर्जा लगानी पनि घटेको देखिएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार, साउन ४ गतेसम्म बैंकिङ प्रणालीमा जम्मा ७२ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो। तर भोलिपल्ट साउन ५ गते यो रकम ७ अर्ब रुपैयाँले घटेर ७२ खर्ब ४५ अर्ब रुपैयाँमा झरेको छ।

यही अवधिमा वाणिज्य बैंकहरुको निक्षेप मात्र पनि करिब ७ अर्ब रुपैयाँले घटेको छ। तर, त्यही समय बैंक तथा वित्तीय संस्थाबाट ४ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरिएको देखिन्छ। साउन ४ मा कुल कर्जा लगानी ५५ खर्ब ६७ अर्ब रुपैयाँ रहेकोमा साउन ५ मा यो ५५ खर्ब ६३ अर्ब रुपैयाँमा घटेको छ।

तर कर्जा लगानी घटेसँगै पनि सिडी रेसियो (कर्जा–निक्षेप अनुपात) ७५.७६ प्रतिशतमा पुगेको छ , जुन ९० प्रतिशतको न्यूनतम सीमाभन्दा अझै तल भए तापनि, तरलताको गति सुस्त रहेको देखिन्छ।