२०८२ फाल्गुन २३ , शनिवार

सेयर बजारले नाघ्यो ३ हजार अंक, २०७८ भदौ १३ यताकै उच्च

share-market-bullish

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर बजार मंगलबार  करिब ४ वर्षकै उच्चतम विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ३०.७६ अंक बढेको छ ।

सो वृद्धिसँगै नेप्से ३००२.०७ अंकमा पुगेको छ ।

 

बजार बन्द हुँदा नेप्सेको आजको अंक २०७८ भदौ १३ यताकै उच्च हो । सो वर्ष भदौ २ गते हालसम्मकै उच्च ३१९८ अंकको रेकर्ड बनाएपछि नेप्से ओरालो लागेको हो ।

आज १८ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको हो । हिजो १९ अर्ब ३६ करोडको कारोबार भएको थियो । कारोबार रकम भने गत साउन ३१ गते हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको बनेको छ ।