
सुनाखरी न्युज/ काठमाडौं ।
नवलपुरस्थित नारायणी नदीमा फाल हालेर एक जना युवक वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अन्दाजी २० बर्षका युवक पुलबाट नदीमा फाल हालेर वेपत्ता भएका हुन् ।
मंगलबार विहान ६ बजे बेपत्ता भएका उनको खोजीकार्य जारी रहेको छ । नामथर वतन नखुलेको पुरुष व्यक्ति साईकल र चप्पल पुलमा छोडेर नदीमा हाम फालेको बताइएको छ ।
हाल सशस्त्र प्रहरी वल १७ नम्बर गण आँपटारी चितवनबाट खटिएको गोताखोरको टोलीले खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।