२०८२ चैत्र ५ , बिहिवार

बागमतीका खानेपानीमन्त्री खड्काले दिए राजीनामा

1753772933-TNSZI

सुनाखरी न्युज/ काठमाडौं ।

बागमती प्रदेश सरकारका एक जना मन्त्रीले राजीनामा दिएका छन्। खड्काले मंगलवार मुख्यमन्त्री बहादुरसिंह लामा तामाङसमक्ष राजीनामा बुझाएका हुन् । यस अघि बागमती सरकारमा रहेका चार मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री लामाले उनीहरुको राजीनामा स्वीकृत नगरी बर्खास्त गरेका थिए । प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका खानेपानी,ऊर्जा तथा सिचाईंमन्त्री श्यामकुमार खड्काले राजीनामा दिएका हुन्।

उनले राजीनामा दिएसँगै मुख्यमन्त्री बहादुर सिंह लामाविरूद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन्। लामाविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदको संख्या २२ पुगेको छ।

यसअघि प्रदेशका चार मन्त्रीले राजीनामा दिएका थिए। प्रदेशको युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका थिए।