२०८२ फाल्गुन २४ , आइतवार

काठमाडौँको नागपोखरीमा भक्तजनको भीड (फोटो फिचर)

Photo-1-6

सुनाखरी न्युज/ काठमाडौं ।

श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र नागको पूजा अर्चनाका लागि दूध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा चढाइन्छ ।

सामान्यतया अगाडी सर्प नै राखेर पूजा गर्न डरलाग्दो र जोखिमयुक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पूजा गरिन्छ । बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । धार्मिक विश्वास अनुसार यसरी पूजा गरे सर्पको भय नहुने जनविश्वास रहिआएको छ। मैथिल र हिन्दु परम्परामा यो पर्वलाई चाडपर्वहरूको सुरुवातको सङ्केतका रूपमा पनि लिइन्छ।