
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री हृदयराम थानीलाई मातृशोक परेको छ । सुर्खेत क्षेत्र नं २ का प्रतिनिधीसभा सदस्यसमेत रहनुभएका हृदयराम र नेपाल निजामती कर्मचारी युनियनका पूर्व अध्यक्ष भवानी थानीकी माता देवी थानीको गएराति काठमाडौँको वीर अस्पतालमा निधन भएको हो । विगत तीन वर्षदेखि श्वासप्रश्वास रोगबाट पीडित थानीको उपचारका क्रममा ९२ वर्षको उमेरमा निधन भएको हो । स्वर्गीय थानीका धर्मकुमारी र अम्बिका दुई छोरीसमेत हुनुहुन्छ । थानीको सुर्खेतस्थित रानीघाटमा मङ्गलबार अन्त्येष्टि गरिने उहाँका नाति इञ्जिनीयर उमेश थानीले राससलाई जानकारी दिनुभयो ।
रासस