२०८२ फाल्गुन २३ , शनिवार

सुनको भाउ स्थिर, चाँदी बढ्यो

gold

सुनाखरी न्युज  / काठमाडौं ।

नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य आइतबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी २ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।