२०८२ फाल्गुन २४ , आइतवार

युरो च्याम्पियन बन्यो इंगल्यान्ड

england-title-12f26ef2

सुनाखरी न्युज  / काठमाडौं ।

स्पेनमाथि नाटकीय जित हात पार्दै इंग्ल्यान्डले महिला युरो कपको उपाधि रक्षा गरेको छ। आइतबार राति स्वीजरल्यान्डमा भएको फाइनलमा इंग्ल्यान्डले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराएको हो। यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो।आइतबार स्विट्जरल्यान्डमा सम्पन्न फाइनलमा खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो।

पेनाल्टीमा स्पेनका चारमध्ये एक प्रहारमात्र गोलमा परिणत भयो। यता, इङ्ल्यान्डका पाँचमध्ये तीन खेलाडीले गोल गरे। इङ्ल्यान्डकी एलेक्स ग्रिनवुड, निह चाल्र्स र क्लोइ केलीले गोल गरिन्।स्पेनमाथि नाटकीय जित हात पार्दै इंग्ल्यान्डले महिला युरो कपको उपाधि रक्षा गरेको छ। 

खेलको २५ औँ मिनेटमा मारियो काल्डेन्टलीको गोलमा स्पेनले अग्रता लिएको थियो। सो अग्रता धेरै लामो समय भने टिक्न पाएन। ५७ औँ मिनेटमा केलीको गोलमा इंग्ल्यान्डखेलमा फर्किएको थियो। बराबरीमा सकिएको खेलको पेनाल्टी सुट आउटमा इंग्ल्यान्डकी चोल केलीले विजयी प्रहार गरिन्। स्पेनले लगातार तीन प्रहार खेर फालेको थियो। यी मध्यको दुई प्रहार इंग्ल्यान्डकी गोलरक्षक हनाह हाप्टनले बचाएकी थिइन्।

इंग्ल्यान्डले विदेशी भूमिमा उपाधि जितेको यो पहिलो पटक हो। साथै लगातार तीन युरोपेली उपाधि जितेपछि प्रशिक्षक सरिना विगम्यान महान् प्रशिक्षकको कोटीमा आफूलाई सूचीकृत गर्न सफल भएकी छिन्। उनले दुई फरक देशका लागि उपाधि जितेकी हुन्। कमब्याक क्विन पुष्टि गर्न सफल इंग्ल्यान्ड युरो २०२५ का सबै नकआउट खेलमा पहिला गोल खाएको टिम हो।